NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपाली खेलाडीलाई आइसिसीको कारबाही

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपमा एक नेपाली खेलाडीमाथि अनुशासनसम्बन्धि कारबाही भएको छ । बलर सुवास भण्डारीलाई इन्टरनेशल क्रिकेट काउन्सिल (आइसिसी)ले कारबाही गरेको हो ।

नेपाल र पाकिस्तानबीचको खेलमा भएका घटनालाई लिएर भण्डारीलाई लेभल १ तहको कारबाही भएको आइसिसीको बिज्ञप्तीमा उल्लेख छ । फिल्डिङ गर्दा खेलाडीलाई लाग्ने गरी बल फाल्न नहुने नियम तोडेकोमा उनलाई कारबाही भएको हो ।

१४ औं ओभरमा पाकिस्तानले ब्याटीङ गर्दा उनले पाकिस्तानी ब्याट्सम्यान शाहजैव खानको हातमा लाग्ने गरी बल फालेका थिए । यस्तो कारबाहीमा खेल फीको ५० प्रतिशतसम्म जरिवाना हुने प्रावधान छ ।