विश्वकप क्रिकेट : भारतविरुद्ध फिल्डिङ गर्दै नेपाल
काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग टस हारेको छ । यससँगै अब नेपालले पहिला फिल्डिङ गर्नेछ ।
दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा भरखरै भएको टसमा भारतका कप्तान उदय सरनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया