NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

विश्वकप क्रिकेट : भारतविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग टस हारेको छ । यससँगै अब नेपालले पहिला फिल्डिङ गर्नेछ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा भरखरै भएको टसमा भारतका कप्तान उदय सरनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।