NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

अन्तिम विकेटका लागि ४५ रनको साझेदारी, भारतसँग १३२ रनले पराजित

काठमाडौं । यू–१९ क्रिकेट विश्वकपमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ । भारतविरुद्ध बलिङ र ब्याटीङ दुवैमा नेपाल कमजोर रह्यो ।

टस हारेर सुरुमा बलिङ गरेको नेपालले २९८ रनको बिशाल लक्ष्य पाएको थियो । लक्ष्य पछ्याउने क्रममा ओपनिङ ब्यायटस्म्यान अर्जुन कुमाल र दीपक बोहराले ४८ रनको साझेदारी गरेर जितको आशा जगाएका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमायो । अन्तिम विकेटका लागि दुर्गेश गुप्ता र आकाश चन्दले ४५ रनको साझेदारी गर्दा नेपालले १६५ रन जोडेको हो ।

यो जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल यसअघि नै सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिएको थियो । सुपरसिक्समा नेपालको यो अन्तिम खेल हो ।