आर्सनलसँग लिभरपुल स्तब्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल आर्सनलसँग पराजित भएको छ । इमिरेट्स स्टेडियममा आइतबार सम्पन्न खेलमा आर्सनल चिरपरिचित प्रतिद्वन्द्वी लिपरपुलसँग स्तब्ध बनेको हो ।
बुकायो साकाले १४औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा ग्याब्रियलले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फर्कियो ।
दोस्रो हाफको ६७औं मिनेटमा गेब्रियल मार्टिनेलीले गोल गरेर आर्सनललाई २–१ को स्थितिमा पुर्याए । इन्जुरी समयमा लिएन्ड्रो ट्रासार्डले अर्को गोल गरेर आर्सनलको जित सुनिश्चित गरे ।
योसँगै आर्सनल ४९ अंकका साथ दोस्रो स्थानमा छ भने शीर्ष स्थानको लिभरपुलको ५१ अंक छ । म्यानचेस्टर सिटी ४६ अंक जोडेर तेस्रो स्थानमा छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया