NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आगामी फिफा विश्वकपको उद्घाटन खेल मेक्सिकोमा, फाइनल खेल अमेरिकामा हुने

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ ।

विश्वकप फुटबलको फाइनल खेल २०२६ को जुलाई १९ मा अमेरिकाको न्यू जर्सीस्थित मिटलाइफ स्टेडियममा हुने भएको हो ।

मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ बाट सुरु हुने प्रतियोगिता मेक्सिकोसहित क्यानडा र यूएसमा हुनेछ । प्रतियोगिता ३९ दिनसम्म चल्नेछ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपको रुपमा २०२६ को विश्वकप रहने भएको छ, जहाँ पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा कूल १०४ खेल हुनेछन् ।

मेक्सिकोले सन् १९७० र १९८६ को विश्वकपको आयोजना गरेको थियो । अमेरिकाले सन् १९९४ को विश्वकपको आयोजना गरेको थियो । क्यानडाले पहिलो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।