आगामी फिफा विश्वकपको उद्घाटन खेल मेक्सिकोमा, फाइनल खेल अमेरिकामा हुने
काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ ।
विश्वकप फुटबलको फाइनल खेल २०२६ को जुलाई १९ मा अमेरिकाको न्यू जर्सीस्थित मिटलाइफ स्टेडियममा हुने भएको हो ।
मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ बाट सुरु हुने प्रतियोगिता मेक्सिकोसहित क्यानडा र यूएसमा हुनेछ । प्रतियोगिता ३९ दिनसम्म चल्नेछ ।
अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपको रुपमा २०२६ को विश्वकप रहने भएको छ, जहाँ पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा कूल १०४ खेल हुनेछन् ।
मेक्सिकोले सन् १९७० र १९८६ को विश्वकपको आयोजना गरेको थियो । अमेरिकाले सन् १९९४ को विश्वकपको आयोजना गरेको थियो । क्यानडाले पहिलो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया