एकदिवसीय सिरिजमा आज क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा आज नेपालले दोस्रो खेल खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ : १५ मा सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।
अघिल्लो खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए भने कुशल भूर्तेलले सर्वाधिक ६८ रनको योगदान गरेका थिए । अघिल्लो खेलमा नेपालले टस जित्दा पहिले ब्याटिङ रोजेको थियो ।
पहिलो खेलबाट आज नेपालले टोलीमा तीन परिवर्तन गर्ने सम्भावना छ । ओपनर आसिफ शेख, भीम सार्की र ललितनारायण राजवंशीलाई आज विश्राम दिँदै विकेटकिपर अनिल कुमार शाह, देव खनाल र आकाश चन्दलाई मौका दिनसक्ने सम्भावना छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया