एकदिवसीय सिरिजमा आज क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै नेपाल
काठमाडौं । क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा आज नेपालले दोस्रो खेल खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ : १५ मा सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।
अघिल्लो खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए भने कुशल भूर्तेलले सर्वाधिक ६८ रनको योगदान गरेका थिए । अघिल्लो खेलमा नेपालले टस जित्दा पहिले ब्याटिङ रोजेको थियो ।
पहिलो खेलबाट आज नेपालले टोलीमा तीन परिवर्तन गर्ने सम्भावना छ । ओपनर आसिफ शेख, भीम सार्की र ललितनारायण राजवंशीलाई आज विश्राम दिँदै विकेटकिपर अनिल कुमार शाह, देव खनाल र आकाश चन्दलाई मौका दिनसक्ने सम्भावना छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया