NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते
अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज :

क्यानडाविरुद्ध नेपाललाई बलिङको निम्तो

काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको नेपाल क्यानडाबीचको दोस्रो खेलका लागि क्यानडाले टस जितेपछि नेपालले बलिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा क्यानडाले टस जित्दै ब्याटिङ रोजेको हो ।

सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो । सो खेलमा नेपालले टस जित्दै पहिले ब्याटिङ गरेको थियो। नेपाल आज लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

अघिल्लो खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए भने कुशल भूर्तेलले सर्वाधिक ६८ रनको योगदान गरेका थिए । अघिल्लो खेलमा नेपालले टस जित्दा पहिले ब्याटिङ रोजेको थियो ।

पहिलो खेलबाट आज नेपालले टोलीमा तीन परिवर्तन गर्ने सम्भावना छ । ओपनर आसिफ शेख, भीम सार्की र ललितनारायण राजवंशीलाई आज विश्राम दिँदै विकेटकिपर अनिल कुमार शाह, देव खनाल र आकाश चन्दलाई मौका दिनसक्ने सम्भावना छ ।