प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेत प्रथम
कालीकोट । कालीकोटमा यही माघ २६ गतेदेखि सञ्चालन भएर आज सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतको टोली प्रथम भएको छ । सुर्खेतका नरेन्द्र बम र जीतप्रसाद लामिछानेको जोडी प्रथम भएको हो ।
यस्तै सुर्खेतकै राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी दोस्रो भएको छ । तेस्रोमा कालीकोटका खेलाडी सुमन विष्ट, भूपेन्द्र मल्ल, विनोदबहादुर शाही र मानबहादुर बुढा भएका छ । प्रथम विजेताले रु ५१ हजार एक सय ११ पुरस्कारसँगै मेडल पाएका छन् भने उपविजेताले रु ३० हजार एक सय ११ सहित मेडल पाएका छन् ।
सेमिफाइनलसम्म पुग्ने दुई जोडीले रु १५ हजार एक सय ११ पुरस्कार पाएको आयोजक जिल्ला ब्याडमिन्टन सङ्घ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले बताए । “जिल्लामा नियमित ब्याडमिन्टन खेल्ने गरे पनि यति ठूलो पुरस्कार राशिको प्रतियोगिता पहिलो पटक भएको हो”, उनले भने, “यो खेल पहिलो पटक आयोजना भएको हो, आगामी दिनमा थप प्रतियोगिता गर्नका लागि हौसला मिलेको छ ।”
ब्याडमिन्टन संघ कालीकोटको आयोजनामा सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जुम्ला र कालीकोटका गरी २१ टोली दर्ता भएको ब्याडमिन्टन सङ्घले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया