एसिसी वुमन्स प्रिमियर कप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । एसिसी वुमन्स प्रिमियर कप प्रतियोगिताअन्तर्गत आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
खेल नेपाली नेपाली समयअनुसार बिहान ११ः१५ बजे मलेसियाको बाँगीमा सुरु हुनेछ ।
जारी खेलको समूह ‘डी’मा रहेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । २ खेलमा जित निकालेर समूहको शीर्ष स्थानमा रहेको नेपाल क्वाटर फाइनलमा पनि आफ्नो जितको श्रृंखला यथावत् राख्न चाहन्छ । नेपालले यसअघि भुटान र हङकङलाई समान ८ विकेटले हराएको हो । माल्दिभ्स तुलनात्मक रूपमा कमजोर रहेकाले आजको खेल नेपालका लागि सहज हुने ठानिएको छ ।
यसअघिका दुई खेलमा हार व्यहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले आजको खेल माल्दिभ्स आजको खेल प्रतिष्ठाका लागि मात्रै खेल्दै छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया