दीपेन्द्रसिंह ऐरीले गुमाउने भए नामिबियाविरुद्धको खेल
काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले नामिबियाविरुद्ध हुने बिहीबारको खेल गुमाउने भएका छन् ।
दीपेन्द्र यूएई क्रिकेट बोर्डले आयोजना गरेको इन्टरनेसनल लिग २ खेल्न अहिले दुबईमा छन् । दीपेन्द्र सम्मिलित टिम गल्फ जायन्ट्सले बुधबार राति ८ः१५ मा प्रतिस्पर्धा गर्न लागेकाले उनले भोलिको खेल गुमाउने पक्का भएको हो ।
उनको टिम फाइनलमा पुगेको अवस्थामा उनले अर्को खेल पनि गुमाउने छन् । तर फाइनल यात्रा अघि नबढेमा भने उनी स्वदेश फर्कंनेछन् ।
यसैबीच, नेपालले लिग टूका लागि टिम घोषणा गरेको छ । जसमा क्यानडाविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका देव खनाल र अनिल साह समेटिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया