NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

लिग टू : नामिबियाले टस जित्यो, ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङ सम्हाल्ने भएको हो ।

लिग टूमा नामिबियासँग नेपालको यो दोस्रो भेट हो । यसअघि भएको पहिलो खेलमा नेपाल ४ विकेटले नामिबियासँग पराजित भएको थियो । त्यसैले आजको खेलमा नेपाल जित निकालेर बदला लिने दाउमा छ । नामिबिया भने आज पनि खेल आफ्नो पक्षमा पारेर जितलाई निरन्तरता दिन चाहन्छ ।

नेपालले आजको खेलमा केही खेलाडी परिवर्तन गर्ने निर्णय लिएको छ । गुलशन झालाई आराम दिएर करण केसीलाई मैदानमा उतारिएको हो । त्यस्तै, आशिफ शेख, पवन शर्राफ र सूर्य तामाङलाई पनि बेञ्चमा राखिएको छ ।