जाउलाखेल राष्ट्रिय पुरुष फुटलब प्रतियोगिताको सेमिफाइनल
काठमाडौं । राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा जाउलाखेलले केपी ओली एफसीलाई २(१ गोलअन्तरले पराजित गर्यो । उसको जितमा निराजन धामी र निरज चौधरीले समान एक/एक गोल गरे । खेलको ३९औं मिनेटमा जावलाखेलका निराजन धामीले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८२औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो ।
खेलको ८४औँ मिनेटमा केपी ओली एफसीका अडामा गोम्वियाकेले एक गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जाउलाखेल विजयी भयो ।
जावलाखेलले सेमिफाइनलमा (एनआरटी) न्यूरोड टिमविरुद्ध खेल्नेछ । सेमिफाइनल यही फागुन १७ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया