अर्का फुटबलरले पनि छाडे देश

काठमाडौं । नेपाली फुटबल टिमका विकास खवास पनि अस्ट्रेलिया भासिएका छन् । नेपाली फुटबलर एकपछि अर्को विदेशिरहेका बेला खवासले पनि त्यही बाटो समातेका हुन् ।
खवासका साथीहरूले उनलाई बिदाइ गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
खबास सन् २०२० मा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका थिए । विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिममा प्रवेश पाएका उनले सन् २०१९ मा नेपालले साग गेम्समा फुटबलतर्फ स्वर्ण पदक जित्दा महत्त्वपूर्ण योगदान दिएका थिए ।
पछिल्लो समय फुटबलरहरू पलायन हुने क्रम बढेको छ । १०० भन्दा बढी फुटबलर विदेशिए पनि तिनलाई रोक्नेतर्फ सरकारले अहिलेसम्म कुनै ठोस कदम चालेको छैन ।
ताजा अपडेट
-
नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा
-
पतञ्जलि जग्गा प्रकरण: पुर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश
-
संसदीय समितिको निष्कर्ष-‘सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक’
-
बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
-
यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय
प्रतिक्रिया