आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । आयरल्याण्ड ‘ए’विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएका छन् ।
शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो । यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया