एसएमएस फ्रेन्डसिप कप : नेपालले आज गुजरातसँग फाइनल खेल्दै

काठमाडौं । एसएमएस फ्रेन्डसिप कपअन्तर्गत नेपालले आज गुजरातसँग फाइनलमा प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ः१५ मा हुने तय छ ।
नेपाल फाइनल खेलमा जित निकालेर मैत्रीपूर्ण खेललाई सुखद् ढंगले बिट मार्न चाहन्छ । यसअघि सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले परास्त गरेको थियो ।
नेपालले अघिल्लो खेलमा कप्तान रोहित पौडेल, आसिफ शेख, अभिनाश बोहरा र सोमपाल कामीलाई विश्राम दिएको थियो । उनीहरूलाई विश्राम दिँदा आकाश चन्द, ललित राजवंशी, विवेक यादव र प्रतिश जिसीले मौका पाएका थिए । आजको खेलमा अघिल्लो पटक विश्राम पाएकालाई खेलाउने सम्भावना छ ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया