प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी यूएइ

काठमाडौ । एसीसी प्रिमियर कपको सेमिफाइनमा नेपालले संयुक्त अरब इमिरेट्स(यूएइ)सँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ‘ए’ को बिजेता नेपालले समूह ‘बी’को उपविजेता भएको यूएइसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
समूह बी बाट ओमान बिजेता र यूएइ उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । ओमानले समूह चरणका चार मध्ये चारै खेल जित्यो भने यूएइले तीन खेल जितेको छ । बुधबारको खेलमा कुवेतलाई ४६ रनले हराउँदै यूएइ सेमिफाइनल पुगेको हो ।
समूह ए बाट नेपाल र हङकङ चीन सेमिफाइनलमा पुगेका छन् । नेपालले पनि समूह चरणका चारै खेल जितेको थियो ।
प्रिमियर कप बिजेता टिमले एसिया कप खेल्न पाउनेछ ।
सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन्।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया