युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो सिटी, रियल सेमिफाइनलमा
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटी स्पानिस क्लब रियल मड्रिडसँग पराजित भएको छ । योसँगै यो सिजनको च्याम्पियन्स लिगको उसको यात्रा टुंगिएको छ ।
म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियलले सेमिफाइनल यात्रा तय गरेको हो ।
यसअघि सिटी र रियलको दुई लेगको खेल समग्रमा ४–४ को बराबरीमा टुंगिएको थियो । त्यसपछि हार जित छुट्याउन पेनाल्टी सुटआउटको निर्णय लिइएको हो ।
रियलले खेलको १२औं मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । रोड्रिगोले १२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ७६औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले गोल गर्दै खेललाई बराबरीमा फर्काए । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ३० मिनेटको समय थपियो । तर फेरि पनि हार जित छुट्टिएन र पेनाल्टी सुटआउटमा प्रवेश गर्यो ।
अब सेमिफाइनलमा रियलले बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया