युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो सिटी, रियल सेमिफाइनलमा

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटी स्पानिस क्लब रियल मड्रिडसँग पराजित भएको छ । योसँगै यो सिजनको च्याम्पियन्स लिगको उसको यात्रा टुंगिएको छ ।
म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियलले सेमिफाइनल यात्रा तय गरेको हो ।
यसअघि सिटी र रियलको दुई लेगको खेल समग्रमा ४–४ को बराबरीमा टुंगिएको थियो । त्यसपछि हार जित छुट्याउन पेनाल्टी सुटआउटको निर्णय लिइएको हो ।
रियलले खेलको १२औं मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । रोड्रिगोले १२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ७६औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले गोल गर्दै खेललाई बराबरीमा फर्काए । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ३० मिनेटको समय थपियो । तर फेरि पनि हार जित छुट्टिएन र पेनाल्टी सुटआउटमा प्रवेश गर्यो ।
अब सेमिफाइनलमा रियलले बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया