एभर्टनसँग लिभरपुल स्तब्ध
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुललाई एभर्टनले हराएको छ ।
गएराति सम्पन्न खेलमा घरेलु टोली एभर्टनसँग लिभरपुल २–० गोल अन्तरमा पराजित भएको हो । योसँगै उपाधिको दौडमा रहेको लिभरपुललाई धक्का लागेको छ ।
एभर्टनको जितमा जाराड ब्रान्थवेटले २७औं र डोभिनिक क्याल्भर्ट लेविनले ५८औं मिनेटमा गोल गरे ।
लिभरपुलले पनि खेलमा गोल निकाल्ने प्रयास नगरेको होइन । तर खेलाडीहरू प्राप्त मौका उपभोग गर्नबाट चुके ।
एभर्टन ३४ खेलबाट ३३ अंक बटुलेर १६औं स्थानमा रहेको एभर्टनको यो जितले रेलिगेशनबाट बच्ने सम्भावना बढाएको छ।
७४ अंक प्राप्त गरेको लिभरपुल यो हारका कारण शीर्ष स्थानको आर्सनलभन्दा तीन अंकले तल परेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया