कप्तान पौडेलको शतकमा वेष्ट इन्डिजमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । सिरिजको पहिलो टी–२० खेलमा नेपालले वेष्ट इन्डिजविरुद्धको चार विकेटको रोमाञ्चक जित निकालेको छ । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा अन्तिम ओभरमा नेपालले जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले दुई सय पाँच रनको लक्ष्य दिएकोमा नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर जित निकालेको हो।
अन्तिम दुई ओभरमा नेपाललाई २४ रन चाहिएकोमा १९ औं ओभरमा नेपालले १५ रन जोडेपछि अन्तिम ओभरमा जित सहज भएको हो ।
जितका लागि नेपालका कप्तान पौडेलले शतकको योगदान दिए । उनले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका हुन्।
रोहित आउट हुँदा नेपाललाई १३ रन आवश्यकता थियो। क्रिजमा रहेको गुल्शन झा र प्रतिश जिसीले अन्तिम ओभरमा जित दिलाएका हुन्। गुल्शनले ४ बलमा ९ र प्रतिशले २ बलमा पाँच रन बनाएर जिताएका हुन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया