विश्वकपअघि उत्कृष्ट फर्ममा कप्तान पौडेल

काठमाडौं । टी–२० विश्वकपअघि नेपाली टिमका कप्तान रोहित पौडेल उत्कृष्ट फर्ममा देखिएका छन् ।
वेष्टइण्डिज एविरुद्धको सिरिजमा उनले उत्कृष्ट ब्याटीङ गरेका छन् । कप्तान पौडेल प्लेयर अफ दि सिरिज समेत घोषित भएका छन् ।
पाँच खेलको सिरिजमा ४ खेल खेलेका उनले तीनवटा म्याचमा ब्याटिङ गरेका थिए । ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएको आधारमा उनी प्लेयर अफ दि सिरिज घोषित भएका हुन् ।
नेपालका अन्य ब्याट्सम्यान सिरिजमा चल्न सकेनन् । यद्यपि, शनिबार भएको अन्तिम खेलमा आसिफ सेख र अनिल शाहले अर्धशतक प्रहार गरे । जून खेलमा नेपाल ६ विकेटले विजयी भयो । समग्रमा सिरिज ३–२ ले वेष्ट इन्डिजले जितेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया