क्रिस्टल प्यालेससँग युनाइटेड स्तब्ध

काठमाडौं । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग लज्जास्पद हार चाखेको छ । इग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा युनाइटेडले ४–० गोलान्तरको फराकिलो हार ब्यहोरेको हो ।
म्यानचेस्टर युनाइटेड निकै दबाबमा परेको खेलमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसले १२औं मिनेटमा पहिलो गोल गरे । डेनियल मुनोजको पास सदुपयोग गर्दै उनले आफ्नो टिमलाई सुरुआती अग्रता दिलाएका हुन् ।
त्यसैगरी, ४०औं मिनेटमा जिन फिलिप मटेटा, ५८औं मिनेटमा टायरिक मिचेल र ६६औं मिनेटमा ओलिसले क्रिस्टलका लागि समान १–१ गोल गरे ।
योसँगै क्रिस्टल प्यालेस ३६ अंक जोडेर १४औं स्थानमा छ भने ५४ अंक रहेको युनाइटेड आठौं स्थानमा छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया