एमबाप्पेको बिदाइ खेलमा पिएसजी स्तब्ध
काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) टुलुजसँग स्तब्ध बनेको छ । गएराति सम्पन्न एमबाप्पेको बिदाइ खेलसमेत रहेको प्रतिस्पर्धामा पिएसजीले टुलुजसँग ३–१ को हार व्यहोरेको हो ।
एमबाप्पेले खेलको आठौं मिनेटमा नै गोलको खाता खोलेपछि पिएसजीले सुरुआती अग्रता बनाएको थियो । तर थिज डालिङ्गाले १३औं मिनेटमै गोल गरेर खेललाई बराबरीमा फर्काए । ६८औं मिनेटमा यान गबोहोले अर्को गोल गरेपछि दबाबमा परेको पिएसजीको पोस्ट्मा दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा फ्रान्क मगरीले गोल गरेर खेललाई ३–१ को जित दिलाए ।
जारी लिगमा दोस्रो हार व्यहोरेको पिएसजीले ३२ खेलबाट ७० अंक बटुलेको छ भने ३३ खेल खेलेको टुलुज ४३ अंकसहित १०औँ स्थानमा छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया