NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ २३ गते

एमबाप्पेको बिदाइ खेलमा पिएसजी स्तब्ध

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) टुलुजसँग स्तब्ध बनेको छ । गएराति सम्पन्न एमबाप्पेको बिदाइ खेलसमेत रहेको प्रतिस्पर्धामा पिएसजीले टुलुजसँग ३–१ को हार व्यहोरेको हो ।

एमबाप्पेले खेलको आठौं मिनेटमा नै गोलको खाता खोलेपछि पिएसजीले सुरुआती अग्रता बनाएको थियो । तर थिज डालिङ्गाले १३औं मिनेटमै गोल गरेर खेललाई बराबरीमा फर्काए । ६८औं मिनेटमा यान गबोहोले अर्को गोल गरेपछि दबाबमा परेको पिएसजीको पोस्ट्मा दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा फ्रान्क मगरीले गोल गरेर खेललाई ३–१ को जित दिलाए ।

जारी लिगमा दोस्रो हार व्यहोरेको पिएसजीले ३२ खेलबाट ७० अंक बटुलेको छ भने ३३ खेल खेलेको टुलुज ४३ अंकसहित १०औँ स्थानमा छ।