आइपिएल-अन्तिम खेलमा दिल्ली विजयी, प्लेअफको सम्भावना कति ?
काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपिएल) अन्र्तगत लिग चरणको आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्स् विजयी भएको छ । यद्यपी प्लेअफमा पुग्न उसलाई निकै कठिन अवस्था छ ।
मंगलबारको खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।
यो दिल्लीको लिग चरणको अन्तिम खेल हो । मंगलबारको जितसँगै १४ अंकसहित दिल्ली अंकतालिकामा पाँचो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको चेन्नइ तथा चौथो स्थानमा रहेको हैदरावादको पनि १४ अंक भएपनि उनीहरुका अरु खेल बाँकी नै छन् । चेन्नइले १३ तथा हैदरावादले १२ मात्र खेल खेलेको छ । उनीहरुको रनरेट समेत राम्रो भएकाले अन्य टिमलाई प्लेअफमा पुग्न कठिन छ । कोलकत्ता र राजस्थानले भने प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । पञ्जाब, मुम्बइ र लखनउ प्लेअफ प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । बैंगलोर, गुजरात र दिल्लीको प्राविधिक रुपमा सम्भावना भएपनि अरुको खेलमा समेत भर भर्नुपर्ने अवस्था छ ।
अंकतालिका
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा



प्रतिक्रिया