NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ६ गते

टि–२० विश्वकपको अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । टि–२० विश्वकपको अभ्यास खेलअन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको डालासमा राति ९ बजे नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा अमेरिकाको सामना गर्न लागेको हो ।

यसअघि नेपालले क्यानडासँग पहिलो अभ्यास खेल खेलेकोमा नेपाल ६३ रनमा पराजित भएको थियो ।

टि–२० विश्वकप यही जून १ देखि २९ सम्म अमेरिका र वेस्टइण्डिजमा हुँदैछ । नेपाल सम्मिलित समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स सहभागी छन् ।

नेपालले पहिलो खेल जून ४ मा नेदरल्याण्ड्ससँग खेल्दैछ ।