NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ७ गते

भारतविरुद्ध पनि अमेरिकाको सनसनी, रोहित र कोहली आउट

काठमाडौं । टी–२० विश्वकपमा आयोजक राष्ट्र अमेरिकाले सनसनरीपूर्ण खेल जारी राखेको छ । भारतविरुद्धको खेलमा पनि उसले भारतका ओपनरलाई सुरुमै आउट गरेको छ । विराट कोहली शून्य रनमा तथा रोहित तीन रन बनाएर आउट भएका छन् । दुवैलाई सौरभ नेत्रभाल्करले आउट गराएका हुन् । सौभर भारतीय मुलकै खेलाडी हुन् । उनले भारतका लागि यू–१९ विश्वकप समेत खेलेका थिए ।
यद्यपी ब्याटीङमा भने अमेरिका कमजोर रह्यो । टस हारेर पहिला ब्याटीङ गरेको अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ ।लक्ष्य पछ्याउने क्रममा भारतले तीन ओभरमा दुई विकेट गुमाएर १२ रन बनाएको छ ।
यसअघिका खेलमा पनि अमेरिकाले सनसनी मच्चाएको छ । उसले पाकिस्तान र क्यानाडालाई पराजित गरिसकेको छ।