विश्वकपबाट पाकिस्तान बाहिरियो

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टी–२० क्रिकेट विश्वकपमा समूह चरणबाटै पाकिस्तान बाहिरिएको छ । शुक्रबारको अमेरिका र आयरल्याण्डबीचको खेल हिलो मैदानका कारण रद्द भएपछि पाकिस्तान बाहिरिएको हो । यदी यो खेलमा अमेरिका पराजित भएको अवस्थामा पाकिस्तानको सम्भावना बाँकी रहन्थ्यो।
साथै, अमेरिका सुपर आठमा पुगेको छ । समूह ए मा बाट यसअघि भारत सुपर आठमा पुगिसकेको छ । दुई खेल जितेको अमेरिका खेल स्थगित भएसँगै थप एक अंक पाएर सुपर ८ मा पुगेको हो ।
पहिलो खेलमा पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग । तेस्रो खेलमा उसले क्यानडालाई जितेको थियो । अर्काे खेल जितेपनि पाकिस्तानको चार अंक मात्र हुने भएपछि पाकिस्तान एक खेल अगाडि नै बाहिरिएको हो । पाकिस्तानको अन्तिम खेल आयरल्याण्डसँग छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया