विश्वकपबाट पाकिस्तान बाहिरियो
काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टी–२० क्रिकेट विश्वकपमा समूह चरणबाटै पाकिस्तान बाहिरिएको छ । शुक्रबारको अमेरिका र आयरल्याण्डबीचको खेल हिलो मैदानका कारण रद्द भएपछि पाकिस्तान बाहिरिएको हो । यदी यो खेलमा अमेरिका पराजित भएको अवस्थामा पाकिस्तानको सम्भावना बाँकी रहन्थ्यो।
साथै, अमेरिका सुपर आठमा पुगेको छ । समूह ए मा बाट यसअघि भारत सुपर आठमा पुगिसकेको छ । दुई खेल जितेको अमेरिका खेल स्थगित भएसँगै थप एक अंक पाएर सुपर ८ मा पुगेको हो ।
पहिलो खेलमा पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग । तेस्रो खेलमा उसले क्यानडालाई जितेको थियो । अर्काे खेल जितेपनि पाकिस्तानको चार अंक मात्र हुने भएपछि पाकिस्तान एक खेल अगाडि नै बाहिरिएको हो । पाकिस्तानको अन्तिम खेल आयरल्याण्डसँग छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया