नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ सम्हालेको दक्षिण अफ्रिकाले ७ विकेट गुमाउँदै निर्धारित २० ओभरमा ११५ रन बनायो ।
दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले सर्वाधिक ४३ रन जोडे । उनले ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन, क्विन्टन डी ककले ११ बलमा १० जोडे ।
नेपालका कुशल भुर्तेल एक्लैले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया