NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ४ गते
२०८१ असार ४ गते

उत्कृष्ट बलिङसँगै नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं । विश्वकपको आफ्नो तेस्रो खेलमा नेपालले बलियो टिम दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमा सिमित गर्याे । नेपालका लागि स्पिनरले उत्कृष्ट बलिङ गरे ।
पार्ट टाइम बलर कुशल भुर्तेलले चार ओभरमा चार विकेट लिएर १९ रन दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएर । सन्दीप लामिछानले चार ओभरमा १८ रन दिए भने विकेट लिन सकेनन् । सुरुदेखि नै दबाबमा परेको दक्षिण अफ्रिकाले २० ओभरमा सात विकेट गुमाएर ११५ रन जोडेको हो । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनरिक्सले सर्वाधिक ४३ रन बनाए ।
शनिबारको खेलमा पनि नेपालले फिल्डिङमा कमजोरी देखाएको छ । दुई वटा क्याच ड्रप भए भने फिसफिल्डका कारण केही बाउन्ड्री भएका थिए ।
नेपालले हालसम्म क्रिकेटमा फूल मेम्बर देशलाई हराउन सकेको छैन । दक्षिण अफ्रिकालाई हराउन सके इतिहास रच्नुका साथै सुपर आठ मा पुग्ने सम्भावना पनि उच्च रहनेछ।

ताजा अपडेट

नेपालवाच विशेष