NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ९ गते

अस्ट्रेलियालाई स्कटल्याण्डको विशाल लक्ष्य

टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले अस्ट्रेलियालाई १८१ रनको विशाल लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

स्कटल्याण्डका लागि अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । जर्ज मुन्शेले २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोडे भने ओपनर माइकल जोन्स २ रनमै आउट भए । त्यसपछि जर्ज मुन्शे र ब्रेन्डन म्याकमुलेनबीच ४८ बलमा साझेदारी चल्यो । जसमा उनीहरूले ८९ रन बनाए ।

कप्तान रिची बेरिंग्टनले ४२ रन, म्याथ्यु क्रसले रनको योगदान दिए । यसबाहेकका अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियाका लागि म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिँदा एस्टन अगर, नाथन एलिस र एडम जाम्पाले समान १–१ विकेट लिए ।

अहिले अस्ट्रेलियाले ब्याटिङ गरिरहेको छ । ६.५ ओभरमा २ विकेटको क्षतिमा ४६ रन बनाएको अस्ट्रेलिया केही लयमा देखिए पनि दबाबमा छ ।