विश्वकपमा एकै ओभरमा ३६ रन

काठमाडौं । टी–२० क्रिकेट विश्वकपको समूहचरणका खेलहरु सकिएका छन् । समूह चरणको अन्तिम खेलमा वेष्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले पराजित गरेको छ ।
यो खेलमा केही रेकर्डहरु समेत बनेका छन् ।
पहिले ब्याटीङ गरेको वेष्ट इन्डिजले २१८ रनको बिशाल योगफल तयार गरेको थियो । जसमा निकोलस पुरनको महत्वपूर्ण योगदान रह्यो। उनले ५३ बलमा ८ छक्कासहित ९८ रन बनाए ।
वेष्ट इन्डिजले एकै ओभरमा ३६ रन जोडेको थियो । अजमुतुल्लाहले बलिङ गरेको चौथो ओभरमा ३६ रन बनेको हो । जून विश्वकपकै सबैभन्दा महंगो ओभर बन्न पुग्यो ।
सो ओभरमा तीन छक्का, दुई चौका, चार लेगबाई, पाँच वाइड र एक नो बलबाट ३६ रन बनेको हो ।
सो खेलमा अफगानिस्तान पराजित भएपनि सुपर ८ मा भने पुगिसकेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया