वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको लक्ष्य
काठमाडौं । टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा इंग्ल्याण्डले वेस्ट इन्डिजबाट १८१ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८ र किकोलस पुरनले ३६ रनको योगदान दिए । त्यस्तै, रोभम्यान पावेलले ३६, ब्रेन्डन किङले २३, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।
इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले समान एक/एक विकेट लिए ।
इंग्ल्याण्डले अहिले वेस्ट इन्डिजविरुद्ध व्याटिङ गरिरहेको छ । १० ओभरको खेल सकिँदा उसले १ विकेटको क्षतिमा ८१ रन बनाएर सहज प्रतिस्पर्धातर्फ अग्रसर बनिरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया