बंगलादेशले अस्ट्रेलियालाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको खेलमा बंगलादेशले अस्ट्रेलियालाई १४१ रनको लक्ष्य दिएको छ । पहिले टस हारेर ब्याटिङ सम्हालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको हो ।
बंगलादेशका लागि नजमुल हसेनले सर्वाधिक ४१ रन जोड्दा टोहिडले २८ बलमा ४० रन बनाए ।
त्यस्तै, लिटोन दासले १६, टस्किन अहमदले १३ रन को योगदान दिए । यसबाहेक अन्य ब्याटरले भने दोहोरो रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका प्याट कमिन्सले १८औं ओभरको पाँचौ तथा छैटौं र २०औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक गरे। त्यस्तै, एडम जाम्पाले दुई, मार्कस स्टोयनिस, ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान एक–एक विकेट लिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया