टी–२० विश्वकपमा पहिलो ह्याट्रीक
काठमाडौैं । यो वर्षको टी–२० विश्वकप क्रिकेटमा बलरले पहिलो ह्याट्रीक लिएका छन् । अष्ट्रेलियन बलर पाट कुमिन्स्ले बंगलादेशविरुद्ध ह्याट्रीक लिएका हुन् । १८ औं ओभरमा अन्तिम दुई बलमा उनले बंगलादेशका महमुदुल्लाह र मेहदी हसनको विकेट लिएकोमा २० औं ओभरको पहिलो बलमा टोहिड हृदयोको विकेट हात पारेका हुन् । चार ओभरमा ३ विकेट लिएर उनले २९ रन खर्चिएका छन् ।
यो समग्र टी–२० विश्कपकै इतिहासमा सातौ ह्याट्रीक हो । साथै टी–२० विश्वकप क्रिकेटमा ह्याट्रीक लिने कमिन्स् दोस्रा खेलाडी बनेका छन् । यसअघि फाष्ट बलर ब्रेट लीले ह्याट्रीक गरेका थिए ।
टस जितेर फिल्डिङ रोजेको अष्ट्रेलियालेउत्कृष्ट बलिङको मद्दतल बंगलादेशलाई एक सय ४० रनमा सिमित गरेको छ ।
सुपर ८ मा दुवै टिमको यो पहिलो खेल हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया