NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १३ गते

विश्वकपमा अमेरिकाको लज्जास्पद हार

काठमाडौं । समूह चरणको खेलमा उत्कृष्ट खेल देखाएको अमेरिकाले टी–२० विश्वकपको सुपर ८ मा भने निराशाजनक प्रदर्शन गरेको छ । शनिबार वेष्ट इन्डिजसँगको खेलमा अमेरिका ठूलो अन्तरले पराजित हुन पुग्यो । वेष्ट इन्डिजले नौ विकेटले अमेरिकालाई हराएको हो ।
पहिले ब्याटीङ गरेको अमेरिका १२८ रनमा अलआउट भएको थियो । १२९ रनको लक्ष्य वेष्ट इन्डिजले ५५ बल बाँकी रहँदा एक विकेटको क्षतीमा पुरा गरेको छ ।
यससँगै वेष्ट इन्डिजको नेट रनरेट उच्च भएको छ ।
समूह २ मा रहेको वेष्ट इन्डिजले सुपर ८ मा पहिलो खेल इंल्याण्डसँग पराजित भएको थियो । इंल्यान्ड शुक्रबारको खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि सेमिफाइन प्रतिस्पर्धा रोचक बनेको छ ।
दक्षिण अफ्रिकाले दुई खेल जितेको छ भने उसको अन्तिम खेल वेष्ट इन्डिजसँग छ ।
इंल्याण्ड र वेष्ट इन्डिजले १ १ खेल जितेका छन् । अमेरिकाले दुवै खेल हालेपनि उसको सेमिफाइन सम्भावना अझै सकिएको छैन । आगामी खेलमा इंल्यान्डलाई ठूलो अन्तरले पराजित गरी दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हराउनुनपर्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष