विश्वकपमा कमिन्सको लगातार दोस्रो ह्याट्रीक
काठमाडौं । टी–२० विश्वकपमा अष्ट्रेलियन खेलाडी पान कमिन्सले लगातार दोस्रो ह्याट्रीक लिएका छन् । आइतबार अफगानिस्तानविरुद्धको खेलमा उनले ह्याट्रीक लिएका हुन् ।
१८ औं ओभरको अन्तिम बलमा रसिद खान तथा २० औं ओभरमा पहिलो बलमा करिम जनत र गुलादिन नैबको विकेट लिएका हुन् । लगातार चार विकेट लिने अवसर समेत उनलाई थियो । २० औं ओभरमा तेस्रो बलमा अफगानिस्तानका ब्याट्सम्यानको क्याच छुटेको थियो ।
दुई दिनगरी यसरी दुई ओभरमा उनले बंगलादेशविरुद्ध ह्याट्रीक गरेका थिए ।
अफगानिस्तानविरुद्ध ४ ओभरमा उनले तीन विकेट लिएर २८ रन दिएका छन् ।
उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियाले अफगानिस्तानलाई १४८ रनमा रोकेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया