अफगानिस्तानले अस्ट्रेलियालाई दियो १४९ रनको लक्ष्य
सुरुमै विकेट झर्दा अस्ट्रेलिया दबाबमा

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको हो ।
अफगानिस्तानका लागि गुर्बाज र जद्रानले अर्धशतक बनाए । उनीहरूले क्रमशः ६० र ५१ रन ५१ रन जोडे । करिम जन्नतले १३ रनको योगफल बनाउँदा मोहम्मद नाबीले १० रनको योगदान गरे ।
यसबाहेकका अरू ब्याटरले भने खासै रन जोड्न सकेनन् ।
अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।
अहिले ब्याटिङमा रहेको अस्ट्रेलियाले २.३ ओभरमा २ विकेट गुमाउँदै १६ रन जोडेको छ । सुरुवातमै विकेट झर्दा तथा रनरेट उच्च बनाउन नसक्दा अस्ट्रेलिया दबाबमा देखिएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया