अफगानिस्तानले अस्ट्रेलियालाई दियो १४९ रनको लक्ष्य
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको हो ।
अफगानिस्तानका लागि गुर्बाज र जद्रानले अर्धशतक बनाए । उनीहरूले क्रमशः ६० र ५१ रन ५१ रन जोडे । करिम जन्नतले १३ रनको योगफल बनाउँदा मोहम्मद नाबीले १० रनको योगदान गरे ।
यसबाहेकका अरू ब्याटरले भने खासै रन जोड्न सकेनन् ।
अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।
अहिले ब्याटिङमा रहेको अस्ट्रेलियाले २.३ ओभरमा २ विकेट गुमाउँदै १६ रन जोडेको छ । सुरुवातमै विकेट झर्दा तथा रनरेट उच्च बनाउन नसक्दा अस्ट्रेलिया दबाबमा देखिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया