रोनाल्डोले कीर्तिमान कायम गरेको खेलमा पोर्चुगलको सहज जित
काठमाडौं । युरोकप २०२४ मा पोर्चुगलले टर्कीमाथि सहज जित हासिल निकालेको छ । शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलान्तरको जित हासिल गरेको हो ।
पोर्चुगलका लागि बर्नाल्डो सिल्भा र ब्रुनो फर्नान्डेसले समान एक÷एक गोल गरे भने अर्को एक गोल उपहार पायो ।
रोनाल्डोले यो खेलमा कुनै गोल गर्न सकेनन् । तथापि, उनी नयाँ कीर्तिमान बनाउन भने सफल भएका छन् । उनी युरो कपमा गोलका लागि सर्वाधिक ८ पटक असिस्ट गर्ने खेलाडी बनेका हुन् । टर्कीसँगको खेलमा उनले ब्रुनोलाई सहयोग गरेका थिए ।
योसँगै समूह ‘एफ’मा रहेको पोर्चुगल समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया