रोनाल्डोले कीर्तिमान कायम गरेको खेलमा पोर्चुगलको सहज जित

काठमाडौं । युरोकप २०२४ मा पोर्चुगलले टर्कीमाथि सहज जित हासिल निकालेको छ । शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलान्तरको जित हासिल गरेको हो ।
पोर्चुगलका लागि बर्नाल्डो सिल्भा र ब्रुनो फर्नान्डेसले समान एक÷एक गोल गरे भने अर्को एक गोल उपहार पायो ।
रोनाल्डोले यो खेलमा कुनै गोल गर्न सकेनन् । तथापि, उनी नयाँ कीर्तिमान बनाउन भने सफल भएका छन् । उनी युरो कपमा गोलका लागि सर्वाधिक ८ पटक असिस्ट गर्ने खेलाडी बनेका हुन् । टर्कीसँगको खेलमा उनले ब्रुनोलाई सहयोग गरेका थिए ।
योसँगै समूह ‘एफ’मा रहेको पोर्चुगल समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया