इंल्याण्डले १० ओभरमै अमेरिकालाई १० विकेटले हरायो
काठमाडौं । टी–२० क्रिकेट विश्वकपमा इंल्याण्डले अमेरिकामाथि सानदार जित हात पारेको छ । १० विकेटले अमेरिकालाई हराउँदै इंल्याण्डले सेमिफाइनल यात्रा समेत सुनिश्चित गरेको छ।
टस हारेर पहिले ब्याटीङ गरेको अमेरिका ११५ रनमा अलआउट भएको थियो । जून लक्ष्य पूरा गर्न इंल्याण्डलाई १० ओभर पनि लागेन । ९.४ ओभरमा बिना विकेटको क्षतीमा लक्ष्य पुरा गर्दे इंल्याण्ड विजयी भएको हो ।
इंल्याण्डका क्रिस जोर्डनले १९ औं ओभरमा ह्याट्रीकसहित चार विकेट लिएर अमेरिकालाई अलआउट गराएका थिए । यो जितसँगै इंल्याण्डको सेमिफाइन सम्भावना बलियो भएको छ । सुपर ८ को पहिलो खेलमा इंल्याण्ड दक्षिण अफ्रिकासँग पराजित भएको थियो । अब उसको अन्तिम खेल दक्षिण अफ्रिकाविरुद्ध छ ।
यो जितसँगै इंल्याण्ड सेमिफाइनमा प्रवेश गरेको छ । समूह बीबाट अब दक्षिण अफ्रिका र वेष्ट इन्डिजमध्ये एक सेमिफाइन प्रवेश गर्नेछन्।
समूह चरणबाट सुपर ८ मा प्रवेश गर्ने इंल्याण्ड अन्तिम टिम बनेको थियो । तर, सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । अमेरिका भने सुपर ८ मा ३ मध्ये ३ खेलमै पराजित भइ बाहिरिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया