NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

साउथ अफ्रिकाले वेस्ट इन्डिजबाट पायो १३६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर–८ अन्तर्गत साउथ अफ्रिकाले वेस्ट इन्डिजबाट १३६ रनको लक्ष्य पाएको छ ।

निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा वेस्ट इन्डिजले १३५ रन जोडेको हो ।

वेस्ट इन्डिजका लागि रोस्टन चासेले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ५२ रन जोडे ।

त्यस्तै, काइल मेयर्सले ३५, एन्ड्रे रुसेलले १५ र जोसेफले ११ रन बनाए । यसबाहेक वेस्ट इन्डिजका अन्य कुनै पनि ब्याटर चल्न सकेनन् ।

साउथ अफ्रिकाका तबरेज शाम्सीले सर्वाधिक ३ विकेट झारे । मार्को जानसेन, एडेन मार्करम, केशव महाराज र कागिसो रबाडाले एक/एक विकेट लिए ।