जर्मनी र स्विट्जरल्यान्डले बराबरी खेले, दुवै टिम अन्तिम १६ मा

काठमाडौं। जर्मनी र स्विट्जरल्यान्ड युरोकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति सम्पन्न निकै राेमाञ्चक खेलमा दुवै टिमले समान १/१ गोल गरेपछि अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
समूह ‘ए’मा रहेको जर्मनीले तीन खेलबाट ७ अंक जोड्न सफल भएको छ भने स्विट्जरल्यान्डको पाँच खेलबाट पाँच अंक छ ।
स्विट्जरल्यान्डका डान एन्डोएले २८औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा जर्मनीका निकलस फुलक्रगले गोल गर्दै खेल बराबरीमा फर्काए ।
त्यसअघि १७औं मिनेटमै जर्मनीले स्विट्जरल्याण्डमाथि गोल गरे पनि त्यसले मान्यता पाएन ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया