NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १४ गते

भारतसँग अष्ट्रेलिया पराजित, सेमिफाइनल यात्रा कठिन

काठमाडौं । सुपर ८ को अन्तिम खेलमा भारतसँगको खेलमा अष्ट्रेलिया पराजित भएको छ । अष्ट्रेलिया २४ रनले पराजित भएको हो। । २०६ रनको लक्ष्य लिएको अष्ट्रेलिया १८१ रनमै सिमित भयो ।

पराजित भएसँगै अष्ट्रेलियाको सेमिफाइनल यात्रा अत्यन्तै कठिन बनेको छ ।
अब उसको सेमिफाइनल यात्रा अफगानिस्तान र बंगलादेशबीको खेलले तय हुनेछ । सो खेलमा अफगानिस्तान विजयी भएमा अफगानिस्तान स्वतः सेमिफाइनल पुग्नेछ । यदी बंगलादेश विजयी भएमा अष्ट्रेलियाको सम्भावना रहन्छ । अर्काेतर्फ ठूलो अन्तरले बंगलादेश विजयी भएमा उसको समेत सम्भावना रहन्छ । भारतसँग पराजित भएपनि नेटरनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ।

सुपर ८ मा अष्ट्रेलियाले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने त्यसपछि अफगानिस्तान र भारतसँग पराजित भएको हो ।

भारत भने सबै खेल जितेर सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा उसको प्रतिस्पर्धा इंल्याण्डविरुद्ध हुने भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष