अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर–८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ सम्हालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनायो ।
अफगानिस्तानका लागि ओपनर रह्मनुल्लाह गुर्बाजले सर्वाधिक ४३ रनको योगफल बनाए । उनले ५५ बलमा ३ चौका र एक छक्का हिर्काएर टिमका लागि सर्वाधिक रन जोडेका हुन् ।
रसिद खानले १९, इब्राहिम जड्रानले १८, अजमतुल्लाह ओमरजैले १० रन बनाए ।
बंगलादेशका रिशाद होसैनले तीन विकेट झार्दा तस्किन अहमेद र मुस्ताफिर रहमानले समान एक÷एक विकेट लिए ।
सुपर ८ को आजको अन्तिम खेल जितेमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया