पेनाल्टीमा चुके लुका, क्रोएसियालाई धक्का
काठमाडौं । क्रोएसियाले युरोकपमा इटलीसँग बराबरी खेलेको छ । रेड बुल एरेना लाइपजिगमा गएराति सम्पन्न खेलमा क्रोएसियालाई १–१ गोलको बराबरीमा रोक्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो ।
इटलीलाई रोक्न सकेको थियो भने क्रोएसिया नकआउट चरणमा प्रवेश गर्ने थियो । खेलमा क्रोएसियाले जित निकाल्ने अवसरसमेत पाएको थियो । तर
कप्तान लुका मोड्रिचले पेनाल्टी सदुपयोग गर्न नसकेपछि उसको युरोकपको यो सिजनको यात्रा अन्योलमा परेको छ ।
क्रोएसियाका लुकाले पेनाल्टी मिसलगत्तै ५५औं मिनेटमा गोलको खाता खोल्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको इन्जुरी समयको आठौं मिनेटमा इटलीले गोल गर्दै खेललाई बराबरीमा फर्कायो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया