इटली र स्विटजरल्याण्ड युरोकपको अन्तिम १६ मा
काठमाडौं । इटली र स्विटजरल्याण्डले युरोकपको अन्तिम १६ को स्थान सुरक्षित गरेका छन् । अब क्वाटरफाइनल यात्राका लागि यी दुईबीच प्रतिस्पर्धा हुनेछ ।
इटलीले गएराति सम्पन्न खेलमा क्रोएसियालाई बराबरीमा रोक्दै अन्तिम १६ को यात्रा तय गरेको हो । क्रोएसियालाई बराबरीमा रोकेको इटली समूह ‘बी’को उपविजेता बनेको छ ।
समूह ‘ए’ मा रहेको स्विटजरल्याण्ड पनि अन्तिम १६ मा पुगेको छ । स्वीट्जरल्यान्डले युरोकपको जारी सिजनमा तीन खेल खेलेकोमा एउटामा जित र दुई वटामा बराबरी नतिजा निकालेको छ ।
पहिलो खेलमा हङगेरीलाई हराएको स्विटजरल्याण्डले स्कटल्याण्ड र जर्मनीसँग बराबरी खेलेको हो ।
यी दुई टिमबीचको खेल २९ जुनमा हुनेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया