अस्ट्रियालाई हराउँदै टर्की क्वाटरफाइनलमा

काठमाडौं । टर्कीले अस्ट्रियालाई हराउँदै युरोकप २०२४ को क्वाटरफाइनल यात्रा तय गरेको छ ।
बुधबार बिहान जर्मनीको लाइप्जिगमा सम्पन्न खेलमा अस्ट्रियालाई २–१ गोलान्तरमा रोक्दै टर्कीले अन्तिम आठमा स्थान सुनिश्चित गरेको हो ।
टर्कीका लागि दुवै गोल डिफेन्डर मरिह डेमिरालले गरे । उनले खेलको पहिलो र ५९औं मिनेटमा टर्कीका लागि गोल गरेका हुन् । माइकलले ६६औं मिनेटमा गोल गर्दै अस्ट्रियालाई २–१ को अवस्थामा पु–याए पनि त्यसपछि अर्को गोल गर्न सकेन ।
योसँगै टर्की क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले क्वाटरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया