सन्दीप लामिछानेको तलब अब मासिक एक लाख

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले ‘ए’ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने भएको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले १ जुलाईदेखि ३१ डिसेम्बरसम्मका लागि सन्दीपलाई केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो। यससँगै उनले अब मासिक एक लाख तलब पाउने भएका छन् ।
क्यानको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै निजलाई यही जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरियो ।’
क्यानले गत फागुनमा केन्द्रीय सम्झौताअन्तर्गत पुरुष र महिला खेलाडीलाई ए, बी, सी, डी र इमर्जिङ गरी पाँच श्रेणीमा वर्गीकरण गरेको थियो। सोअनुसार पुरुषतर्फ ‘ए’ ग्रेडका खेलाडीले मासिक एक लाख रुपैयाँ पाउँछन्।
बलात्कार मुद्दामा पक्राउ परेपछि क्यानले सन्दीपसँगको सम्झौता रद्द गरेको थियो ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया