टी–२० विश्वकप विजेता भारत जिम्बावेसँग पराजित

काठमाडौं । एकातर्फ हालै सम्पन्न टी–२० विश्वकपको विजेता भारत । अर्काेतर्फ २० टिमभित्र नपरेर विश्वकप नै खेल्न नपाएको जिम्बावे । यी दुई टिमबीचको प्रतिस्पर्धा एकतर्फी होला भन्ने सहजै विश्लेषण गरिन्छ ।
तर, अवस्था त्यो रहेन । शनिबार जिम्बावेमा सुरु भएको टी–२० सिरिजमा भारत कमजोर टिम जिम्बोवेसँग पराजित भएको छ । पाँच खेल सिरिजको पहिलो खेलमा जिम्बावे १३ रनले विजयी भएको छ । ११६ रनको लक्ष्य पछ्याएको भारत १०२ रनमै अलआउट हुन पुग्यो ।
टस जितेर भारतले पहिला बलिङ रोजेको थियो । बलिङतर्फ भारतीय बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । ११५ रनमै जिम्बावेलाई उसले रोकेको थियो । बलिङतर्फ भारतीय स्पीनर रभि विस्वनीले चार ओभरमा ४ विकेट लिदै १३ रन मात्र दिएका थिए । उनले २ ओभर त मेडन फालेका थिए ।
यद्यपी यो खेलमा भारतीय टिमका मुख्य खेलाडी भने थिएनन् । विश्वकप खेलेका कोही पनि खेलाडी टिममा राखिएको थिएन । शुभमन गिलको नेतृत्वमा युवा टोलीलाई पठाइएको थियो ।
यो खेलबाट अभिषेश शर्मा, रिगान प्रयाग र धुव्र जुरेलले डेब्यु गरेका थिए । तीनै खेलाडीको प्रदर्शन राम्रो हुन सकेन ।
युगान्डासँग पराजित हुँदा विश्वकपका लागि छनोट हुन नसकेको जिम्बावेले भने टी–२० मा नम्बर १ टिमलाई हराएर क्रिकेटमा खुशी फर्काएको छ ।
प्रतिक्रिया