फ्रान्सलाई रोक्दै स्पेन युरो कपको फाइनलमा
काठमाडौं । फ्रान्समाथि पुनरागमन जित निकाल्दै स्पेनले युरोकपको फाइनल यात्रा तय गरेको छ ।
मंगलबार राति म्युनिख एरेनामा सम्पन्न सेमिफाइनल खेलमा स्पेनले फ्रान्समाथि २–१ गोलान्तरको जित निकालेको हो ।
स्पेनका लागि लामिन यामल र डानी ओल्मोले १/१ गोल गरे । यामलले २१औं र डानीले २५औं मिनेटमा गोल गरेका हुन् ।
स्पेनन युवा स्टार यामलले कम उमेरमा गोल गर्ने नयाँ कीर्तिमानसमेत बनाएका छन् । उनले १६ वर्ष ३६२ दिनका छन् ।
फ्रान्सले खेलको सुरुमै अग्रता बनाएको थियो । नवौं मिनेटमा फ्रान्सका रान्डल कोलो माउनीले गोल गरे पनि फ्रान्सले त्यसलाई कायम गर्न सकेन ।
स्पेन चौथो पटक युरो कप जित्ने लक्ष्यमा छ । उसले अब इंग्ल्याण्ड र नेदरल्याण्डमध्ये एक टिमसँग फाइनल खेल्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया