NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ २७ गते

मेक्सिकोका फुटबल प्रशिक्षक जाइम बर्खास्त

काठमाडौं । कोपा अमेरिकामा टिमको प्रदर्शन कमजोर बनेपछि मेक्सीकोले मुख्य फुटबल प्रशिक्षक बर्खास्त गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कोपा अमेरिकाको प्रदर्शनबाट रुष्ट मेक्सिकोले फुटबलका मुख्य प्रशिक्षक जाइम लोजानोलाई बर्खास्त गरेकाे जनाएका छन् ।

मेक्सीकोले लोजानोलाई सन् २०२६ को विश्वकपसम्म साहयक प्रशिक्षकको भूमिकामा रहन प्रस्ताव गरेकोमा उनले उक्त प्रस्ताव अस्वीकार गरेको मेक्सिको फुटबल महासंघ (एफएमएफ) ले जनाएको छ ।

४५ वर्षीय लोजानोले मुख्य प्रशिक्षक बनेपछि मेक्सिकोलाई सन् २०२३ को गोल्ड कपको उपाधि जिताएका थिए । उनकै कार्यकालमा मेक्सिको कन्काकाफ नेसन्स लिगको फाइनलमा पुगेको थियो ।

जाइमलाई बर्खास्त गरेको मेक्सिकोले जेभियर अगुइरेलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ ।