महिला एसिया कपमा आइतबार पाकिस्तानको सामना गर्दै नेपाल
काठमाडौं । श्रीलंकामा जारी महिला एसिया कपमा आइतबार नेपालले पाकिस्तानको सामना गर्दैछ । पाकिस्तानलाई हराउन सकेमा नेपालको सेमिफाइनल सम्भावना उच्च हुनेछ ।
शुक्रबारको पहिलो खेलमा नेपालले यूएइलाई ६ विकेटले हराएको थियो ।
एक समूहमा चार टिम छन् । नेपालको समूहमा भारत, पाकिस्तान र यूएई छन् ।
शुक्रबारको दोस्रो खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।
आइतबार भारत र यूएईबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
नेपालको तेस्रो खेलमा भारतविरुद्ध २७ जुलाईमा हुनेछ । महिला एसियाकपमा हालसम्म नौ वटा खेल खेलेको नेपालको शुक्रबारको जित पहिलो हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया