महिला एसिया कपमा आइतबार पाकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी महिला एसिया कपमा आइतबार नेपालले पाकिस्तानको सामना गर्दैछ । पाकिस्तानलाई हराउन सकेमा नेपालको सेमिफाइनल सम्भावना उच्च हुनेछ ।
शुक्रबारको पहिलो खेलमा नेपालले यूएइलाई ६ विकेटले हराएको थियो ।
एक समूहमा चार टिम छन् । नेपालको समूहमा भारत, पाकिस्तान र यूएई छन् ।
शुक्रबारको दोस्रो खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।
आइतबार भारत र यूएईबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
नेपालको तेस्रो खेलमा भारतविरुद्ध २७ जुलाईमा हुनेछ । महिला एसियाकपमा हालसम्म नौ वटा खेल खेलेको नेपालको शुक्रबारको जित पहिलो हो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया